समाचारआइतबार, मंसिर २४, २०६९
एमाले स्थायी समितिको बैठक जारी
पार्टी कार्यालय बल्खुमा बसिरहेको बैठकमा २५ मंसीरमा बस्ने केन्द्रीय कमिटी बैठकको तयारी र सहमतिय सरकार गठनका विषयमा छलफल हुँदैछ। एमाले सचिव युवराज ज्ञवालीले छलफल केन्द्रीय कमिटीको बैठकको तयारीका लागि भएपनि राजनीतिक विषयले छलफलमा प्राथिमिकता पाउने बताए ।
एकीकृत नेकपा माओवादीले नेपाली काङ्ग्रेसको नेतृत्वका सरकार गठन हुन नसक्ने बताएपछि त्यसको विकल्पका पनि छलफल हुन सक्ने ज्ञवालीले बताए । बैठकमा पार्टी सुदृढिकरण, सरकार गठनका विषयमा नेताहरुबाट आएका फरक फरक धारणाका विषयमा पनि छलफल हुनेछ ।
