समाचारबिहीबार, आषाढ ९, २०७३
योगेशले प्रधानमन्त्रीलाई भने, ‘अनलाइन निर्देशिका तत्काल रोक्नुहोस्’
नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनलाइन निर्देशिका रोक्न सुझाव दिएका छन्।
स्थायी कमिटी बैठकमा भट्टराईले आम सञ्चार नीति छलफलमै रहेका बेला आएको निर्देशिका तत्काल रोक्न सुझाव दिएका हुन् । भट्टराईले भने, “सञ्चार सम्बद्ध संस्थाहरुले समेत विरोध गरिरहेकाले तत्काल निर्देशिका रोक्नुहोस् ।”
भट्टराईले सञ्चार विज्ञहरुले समेत विरोध जनाएको निर्देशिका पारित गर्न नहुने बताउ ।
तत्काल फिर्ता लेउः चौतारी
एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालले समेत आजै उक्त निर्देशिका फिर्ता लिन सञ्चारमन्त्री शेरधन राईलाई आग्रह गरेका छन् ।
अध्यक्ष गणेश बस्नेतको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाउँदै तत्काल निर्देशिका रोक्न आग्रह गरेको महासचिव राजेश राईले बताए । यसअघि, चौतारीले सञ्चारविज्ञहरुसँग निर्देशिकाबारे छलफल राखेका थिए ।
