समाचारआइतबार, मंसिर २४, २०६९
विपक्षी गठबन्धन फेरि आन्दोलनमा लाग्ने
नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा २४ मंसीरमा बसेको गठबन्धनको कार्यदलको बैठकले आन्दोलनको कार्यक्रमसमेत बनाएको नेकपा एमालेका रघुजी पन्तले जानकारी दिए ।
बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिंदै नेकपा मालेका महासचिव सीपी मैनालीले सत्तापक्ष गठबन्धन सहमतिको सट्टा जसरी पनि सत्ता कब्जा गर्ने दाउमा लागेकोले आन्दोलनको अब कुनै विकल्प नभएको बताए । २८ मंसीरमा शीर्ष नेताहरूको बैठक बस्ने र त्यही बैठकमा आन्दोलनको कार्यक्रम पारित हुने पनि मैनालीले बताए ।
सहमतिको प्रयास भइरहेको भन्दै केही दिनअघि मात्रै प्रतिपक्षी दलहरूले आन्दोलनका घोषित कार्यक्रम फिर्ता लिएका थिए ।
