समाचारआइतबार, मंसिर २४, २०६९

लोकतन्त्रमाथि सम्झौता हुँदैनः नेपाली कांग्रेस

हिमालखबर

“सत्ताका लागि हामी याचनाकै तहमा जानु लोकतन्त्रका लागि पनि उपयुक्त हुँदैन भन्ने निष्कर्ष रह्यो,” कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए । अहिलेसम्म सहमतिका तर्फ कुनै सकारात्मक संकेत नदेखिए पनि राष्ट्रपतिले पछिल्लो पटक दिएको समयसीमासम्म दलहरुसँग छलफल जारी राखिने पनि साउदले हिमालखबरलाई बताए ।

एमाओवादीले कांग्रेसको नेतृत्व स्वीकार्ने स्पष्ट नहुँदा पनि सभापतिलाई प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्ताव गर्नु ठिक नभएकोबारे पनि बैठकमा छलफल भएको थियो । नेताहरुलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै असफलताको विल्ला भिराउन उपयुक्त नभएकोले पार्टीले आफ्नो दृष्टिकोण, आगामी रोडम्याप स्पष्ट पार्नु पर्ने आफूले धारणा राखेको साउदले जानकारी दिए ।

त्यस्तै, बैठकले भ्रातृ संस्था— नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल आदिवासी जनजाति संघका विधानहरु महामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहको संयोजकत्वमा गठित निर्देशन समितिले अध्ययन गरी आफ्नो सुझाव सहित मंसीर मसान्तभित्रमा केन्द्रमा पेश गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>