समाचारसोमबार, मंसिर २५, २०६९
बैशाखमै निर्वाचन हुने प्रधानमन्त्रीको भनाइ
काभ्रेको धुलिखेलमा काठमाण्डौ विश्व विद्यालयको १८ औ दिक्षान्त समारोहलाई २५ मंसीरमा सम्बोधन गर्दै प्रधानमन्त्रीले भट्टराईले मुलुकको निकास बाह्य शक्तिले नभएर दलहरुले नै दिनुपर्ने भएकाले दलहरु एक ठाउँमा आएर मिल्नुको विकल्प नभएको बताए । संक्रमणकाललाई लम्विदै जादा भावि पुस्तालाई समेत असर पुग्ने भएकाले छिटो भन्दा छिटो निकास दिन आफू तयार रहेको प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री भट्टराईले गुष्ण्स्तरीय शिक्षा र दक्ष जनशक्ति उत्पादनका लागि विश्वकविद्यालयले खेलेको भुमिकाको प्रशंसा पनि गरे । केही समयअघि विश्वविद्यालयको सिनेट बैठकका बेला प्रधानमन्त्रीको दबावमा केयुका संस्थापक उपकुलपति सुरेशराज शर्माले राजीनामा गरेका थिए ।
