समाचारसोमबार, मंसिर २५, २०६९
तराईमा जाडो बढ्यो
बिहानैदेखि प्रायः दिनभर मौसम प्रतिकूल भएपछि मानिसहरुको चहलपहल घटेको छ । बाक्लो कुहिरोले आकास ढाकिएका कारण अधिकांस किसानले धानबाली घर भित्र्याउन सकेका छैनन् । गहुँबालीका लागि खेत तयार गर्न जुटेका किसानहरुलाई मौसमले असहज बनाएको छ ।
आलुबालीको पात तुषारोका कारण गल्न थालेका छन् । करिब एकसातादेखि जाडोमा वृद्धि भएपछि न्यानो लुगाको विक्री ह्वातै बढेको छ । रासस
