समाचारसोमबार, मंसिर २५, २०६९
काठमाण्डौ विश्वविद्यालयमा रामकण्ठ माकजु
एक्काईस वर्षसम्म उपकुलपति रहँदै आएका डा. सुरेशराज शार्माले गएको कात्तिक २४ गते प्रधानमन्त्री बाबुराम भट्टराईको दबावमा राजीनामा दिएपछि रिक्त रहेको पदमा एमाओवादीबाट रुचाइएका माकाजु श्रेष्ठ आउने भएका हुन् । शर्माको राजीनामा लगत्तै शिक्षा मन्त्री दिनानाथ शर्माको संयोजकत्वमा गठन भएको तीन सदस्यीय उपकुलपति छनौट समितिले धुलिखेल अस्पतालका निर्देशक डा. रामकण्ठ माकाजु श्रेष्ठलाई सिफारिस गरेको छ । एक महिनाको समयावधि पाएको छनौट समितिको सदस्यहरुमा पूर्वसभामुख दमननाथ ढुंगाना र डाक्टर लोकविक्रम थापा सदस्य थिए ।
माकाजुलाई आजै उपकुलपतिमा नियुक्त गरिने सम्भावना रहेको विश्वविद्यालय प्रशासनले जनाएको छ ।
