समाचारबुधबार, आषाढ २९, २०७३
डा केसीको समर्थनमा रेजिडेन्ट डाक्टरले पठनपाठन रोक्ने
अनशनरत प्राडा गोविन्द केसीको समर्थनमा चिकित्सा शास्त्र अध्ययन् संस्थानका रेजिडेन्ट डाक्टरहरुले भोली, ३० असारदेखि पठनपाठन रोक्ने भएका छन् ।
डा केसीको अनशन चिकित्सा शिक्षा र समग्र स्वास्थ्य क्षेत्रमा सुधारका लागि भए पनि सम्बन्धित निकायले बेवास्ता गरिरहेको भन्दै रेजिडेन्ट डक्टर्स एशोसिएसनले पठनपाठनको कार्यक्रममा सहभागी नहुने जनाएको हो ।
पठनपाठन बाहेक अन्य कार्यक्रम (इमर्जेन्सी, वार्ड, ओटी र ओपीडी) मा भने डाक्टरहरु यथावत सहभागी रहनेछन् ।
एशोसियसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “डा केसीको जीवन रक्षाका लागि रेजिडेन्ट डाक्टरहरुद्वारा बाध्यभएर उठाउनु परेको यस कदमलाई सहयोग गरिदिनुहुन फ्याकल्टी, कर्मचारी लगायत सम्बन्धित सबैलाई आग्रहसमेत गर्न चाहन्छौं ।”

