समाचारसोमबार, मंसिर २५, २०६९

जनदबावबाट सरकार फाल्नेः एमाले

हिमालखबर

“अध्यक्षले विगत पाँच महिना यताको राजनीतिक परिस्थिति र सहमतिको प्रयासका बारेमा केन्द्रीय कमिटीलाई अवगत गराउनु भयो,” एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले हिमालखबरलाई भने, “वर्तमान सरकारलाई हटाएर सहमतिको सरकार गठनका लागि व्यापक जनदबाव सिर्जना गर्नुपर्छ भन्ने आजको निष्कर्ष रह्यो ।” २५ मंसीरदेखि शुरु एमाले केन्द्रीय कमिटीको बैठकमा सहमतिको सरकार गठनका लागि दलहरुबीच भएका वार्ता र पार्टीले गरेको प्रयासका बारेमा अध्यक्ष झलनाथ खनालले केन्द्रीय कमिटीलाई जानकारी गराएका थिए ।

अध्यक्ष खनालले बैठकमा बारम्बारको प्रयत्नका बाबजुद पनि सत्ताधारी दलहरुका अडानका कारण सहमति बन्न नसकेको र अब पनि सहमति हुने सम्भावना कम रहेकोले आन्दोलनमा जाने अवस्था आएकोमा जोड दिएका थिए ।

त्यस्तै, स्थायी कमिटीका निर्णयहरु, केन्द्रीय समितिमा मनोनयन लगायतका १० वटा एजेण्डामा छलफल प्रारम्भ भएको नेता ज्ञवालीले जानकारी दिए । पदाधिकारी नियुक्तिका सम्बन्धमा सञ्चारमाध्यममा चर्चा चले पनि राष्ट्रिय प्रतिनिधि परिषदसँग मात्रै पदाधिकारी नियुक्तिको अधिकार भएकोले जारी केन्द्रीय कमिटी बैठकले पदाधिकारी नियुक्ति नगर्ने पनि उनले जानकारी दिए ।

बैठक २६ मंसीर बिहान पुनः बस्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>