समाचारसोमबार, मंसिर २५, २०६९
अध्यक्षद्वय दाहाल र खनालबीच छलफल
शान्ति कोषको सचिवालय बबरमहलमा भएको छलफलमा वैशाखमा संविधानसभाको निर्वाचन गर्नका लागि केही दिनभित्रै सहमति गर्नुपर्नेमा दुवै नेता सहमत भएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए ।
छलफलमा अरु कोही पनि नेता सहभागी थिएनन् । राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय सहमति कायम गर्न दिएको समयसीमा सकिन दुई दिन मात्रै बाँकी रहेका बेला दुई पार्टीका अध्यक्षबीच भएको छलफललाई अर्थपूर्ण रूपमा लिइएको छ ।
