समाचारमंगलबार, मंसिर २६, २०६९

माओवादी अध्यक्षलाई झापड हान्ने कुँवर मुक्त

हिमालखबर

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई २५ दिनअघि झापड हानेका बाग्लुङका कुँवरलाई धरौटी तीर्न नसकेपछि २५ मंसीरमा जेल पठाइएको थियो । पदम कुवँरको धरौटी रकम अध्यक्ष दाहालले नै तिरिदिएको दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए ।

धरौटी रकमको अभावमा कुवँर जेल चलान भएको समाचार प्रकाशनमा आएपछि विदेशमा रहेका नेपालीहरुले रकम पठाउन शुरु गरिसकेका बेला दाहालका तर्फबाट रकम बुझाइएको हो । पदमका भिनाजु भीम भारतीका अनुसार विदेशमा रहेका नेपालीहरुले ५८ हजार रुपैँया सङ्कलन गरेर पठाइ सकेका छन् भने सहयोग रकम आउनेक्रम जारी छ ।

यसैबीच दाहाललाई झापड हानेका पदम कुँवरलाई कुटपिट गर्ने एमाओवादी कार्यकर्ताहरु विरुद्ध उजुरी दर्ता गराइने पनि भारतीले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>