समाचारमंगलबार, मंसिर २६, २०६९
सरकारको नेतृत्वका बारे हामी खुला छौं: गच्छदार
“अरु कसैको नेतृत्वमा पनि सहमति जुटाएर सरकार गठन गर्न सकिन्छ, अहिलेकै सरकारलाई पनि सहमतिको स्वरुप दिन सकिन्छ,” रिपोर्टस क्लबले २६ मंसीरमा आयोजना गरेको साक्षात्कारमा उपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले भने । आफ्नो दल सहमतिका लागि जुनसुकै विकल्पमा पनि खुला रहेको उनको भनाई थियो ।
उनले एमाओवादी सरकार विस्तार गर्नें सोचमा रहे पनि त्यसले दलहरुबीच र स्वयम् प्रधानमन्त्री र राष्ट्रपतिबीच पनि दुरी बढाउने भएकाले त्यसतर्फ सचेत रहनुपर्नेमा जोडदिए । “अहिले सहमति गरेर मुलुकलाई निकास दिने हो, दुरी बढाउने काम गर्नु हुँदैन,” गच्छदारले थपे ।
