समाचारमंगलबार, मंसिर २६, २०६९

कक्षा ११ को परीक्षाफल प्रकाशित, ४०.३८ % उत्तिर्ण

हिमालखबर

परिषदका अनुसार नियमिततर्फ १,१४,०१९ परीक्षार्थी उत्तिर्ण भएका छन् । गत वैशाख–जेठ महिनामा सञ्चालित परीक्षामा कुल २,८३,३५९ परीक्षार्थी सहभागी थिए । गत वर्षको तुलनामा यसबर्ष उत्तिर्ण विद्यार्थीको संख्या ०.६२ प्रतिशतले बढी छ ।
त्यस्तै परीक्षामा अनियमितता गरेका २ सय ८९ परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ भने १४ जनाको स्थगित भएको छ ।

आंशिक तर्फ भने कुल १,५८,६ ८९ परीक्षार्र्थी मध्ये ५१,५२५ परीक्षार्थी उत्तिर्ण भएका छन् । नियमिततर्फ कुनै एक विषयमा असफल हुने विद्यार्थीको मौका परीक्षा पुस २८ गते हुने पनि परिषदले जनाएको छ ।

परीक्षाफल  एसएमएसबाट थाहा पाउन मोबाईलको म्यासेज बक्समा HSEB टाईप गरी एक स्पेश दिएर आफ्नो सिम्बोल नम्बर लेखी ५५६६ मा एसएमएस गरेर थाहा पाउन सकिन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>