समाचारमंगलबार, मंसिर २६, २०६९
एमाले नेताहरु भन्छन, ‘सरकार हटाउन आन्दोलनमै जानुपर्छ’
मंसीर २५ देखि जारी १९ औं केन्द्रीय कमिटी बैठकमा अध्यक्ष खनालले प्रस्तुत गरेको जिम्मेवारी हेरफेर सम्बन्धी प्रतिवेदनमा नेताहरुले विरोध गरेका छन् । बैठकमा बोल्ने अधिकांस सदस्यहरुले नेतृत्वले संस्थागत निर्णय र विधि एवम् प्रक्रिया बिना नै नेताहरुको जिम्मेवारी हेरफेर गरेको भन्दै अध्यक्षको आलोचना गरेको केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए । केन्द्रीय सदस्यहरुले विधि र प्रक्रिया बनाएर अघि नबढे पार्टीको संस्थागत निर्णय ओझेलमा पर्ने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
अध्यक्ष खनालले पेश गरेको १० बुदे राजनीतिक प्रतिवेदनमा संविधानसभाको श्वेतपत्र, नेताहरुको कार्यविभाजन, केन्द्रीय सदस्यको मनोनयन र असन्तुष्ट भएर पार्टी परित्याग गरेका जनजाती नेताको स्थानमा मनोनयन गर्नेलगायतका एजेण्डा छन् । त्यसैगरी वर्तमान सरकारको विस्थापन र आन्तरिक विषयमा समेत छलफल हुदैछ । तीन दिनका लागि बोलाइएको बैठक केही दिन लम्बिन सक्ने नेताहरुले बताएका छन् ।
