समाचारमंगलबार, मंसिर २६, २०६९
नेता नेपाल अन्तर्राष्ट्रिय संगठनमा चयन
वातावरण संरक्षणका क्षेत्रमा कार्यरत उक्त संगठनको २५ मंसीरमा इन्डोनेसियाको बालीमा बसेको अध्यक्ष मण्डलको बैठकबाट नेपाल सहअध्यक्ष पदमा चयन भएका हुन् । बालीमा रहेको नुसा दुआ कन्भेन्सन सेन्टरमा भएको दोस्रो अन्तर्राष्ट्रिय विश्व वातावरण संरक्षण सहकार्य संगठनको पर्यावरणीय सम्मेलनमा सहभागि हुन गएका नेता नेपालले उद्घाटन सत्रलाई सम्बोधन समेत गरेका छन् ।
सम्मेलनमा विश्वका ४० भन्दा बढि देशका ५०० भन्दा प्रतिनिधि सहभागी सम्मेलनलाई सम्बोधनका क्रममा उनले नेपालमा भैरहेका वातावरण संरक्षणका कामहरुका बारेमा जानकारी गराएका थिए । सरकारी, गैरसरकारी, राजनीतिक, बैज्ञानिक, अनुसन्धानकर्ता, संयुक्त राष्ट्रसंघ लगायतका क्षेत्र तथा संस्थाहरुको प्रतिनिधित्वमाझ भएको सम्मेलन उपलब्धिपूर्ण भएको नेपालको भनाइ छ ।
पार्र्टीको जारी केन्द्रीय कमिटी बैठक तथा राष्ट्रिय राजनीतिक संवेदनशीलताका कारण इन्डोनेसियाको भ्रमण छोट्याएर २६ मंसीरमा हङकङ हुँदै फर्कने कार्यक्रम भए पनि हवाई टिकट उपलब्ध नहुँदा नेता नेपाल २७ मंसीरमा सिंगापुर हुँदै स्वदेश फर्कने कार्यक्रम छ ।
