समाचारमंगलबार, मंसिर २६, २०६९
एमालेमा आत्मालोचनापछि कार्यविभाजन अनुमोदन
मंसीर २५ देखि जारी बैठकमा कार्यविभाजनसम्बन्धमा केन्द्रीय सदस्यहरूले नेतृत्वको आलोचना गर्दै स्थायी कमिटीलाई त्यस्तो अधिकार नहुने दाबी गरेका थिए । साथै, जिम्मेवारी पाउने नेताहरूले पनि सो कार्यविभाजनबारे असन्तोष जनाएका थिए ।
सदस्यहरूको धाराणा बुझेपछि अध्यक्ष खनालले पार्टीको नेतृत्व र महासचिव पोखरेलले सचिवालयको नेतृत्वको हैसियतले आगामी दिनमा यस प्रकारले निर्णय नगर्ने प्रतिवद्धता जनाउँदै आत्मालोचना गरेपछि स्थायी कमिटीको निर्णय अनुमोदन भएको बैठकमा सहभागी केन्द्रीय सदस्य ठाकुर गैह्रेले जानकारी दिए ।
आगामी दिनमा कार्यविभाजन गर्दा जिम्मेवारी गुमाउने र पाउने व्यक्तिसँग पनि परामर्श गर्ने निर्णय पनि बैठकले गरेको छ ।
झण्डै एक दर्जन कार्यसूची रहेको बैठक २७ मंसीरमा पनि जारी रहनेछ । रासस
