समाचारबुधबार, मंसिर २७, २०६९
म्याद थप गर्न राष्ट्रपतिलाई दाहालको आग्रह
२७ मंसीर बिहान राष्ट्रपति कार्यालय पुगेको दाहालले दलहरुबीचको छलफल सकारात्मक भएको र सहमतिमा पुग्न अझै केही समय लाग्ने भन्दै समय थप गर्न आग्रह गरेका हुन् । भेटका क्रममा अध्यक्ष दाहालले आज दिनभर छलफल हुने र त्यसले केही सकारात्मक सन्देश दिने राष्ट्रपतिलाई विश्वास दिलाएको राष्ट्रपति निकट स्रोतले जनाएको छ ।
राष्ट्रपति यादवले आफूलाई पटक पटक समय थप गर्न अप्ठ्यारो भएकाले छिटो सहमतिमा पुग्न दाहाललाई आग्रह गरेका थिए । सहमतीय प्रधानमन्त्री छान्नका लागि राष्ट्रपतिल तेस्रो पटक दिएको समय आज सकिंदैछ । पछिल्लो पटकको समयसीमा ६ दिनमा एकपटक मात्रै छलफल गरेका दलहरुले सरकारको नेतृत्वका विषयमा आ–आफ्नै अडान राख्दा सहमति बन्न सकिरहेको छैन ।
