समाचारबुधबार, मंसिर २७, २०६९
कुँवर भन्छन्– ‘थप्पड हान्नु गल्ती थियो तर, नेताहरु सचेत होउ ’
२७ मंसीरमा रिपोर्टर्स क्लबले आयोजित साक्षत्कारमा कुवरले आफूले आवेगमा थप्पड हानेर गल्ती गरेको बताए पनि नेपाली जनता नेताहरुप्रति आक्रोशित रहेकाले सचेत हुन सुझव दिएका हुन् । “नेताहरुलाई टिभीमा देख्दा टिभी नै फुटाउने अवस्थामा जनता पुगिसकेका छन्” कुँवरले भने । आफूले गरेको घटनापछि प्राप्त प्रतिक्रियाहरुले पनि नेताप्रति जनताको आक्रोश प्रष्ट भएको उनको दाबी छ । उनले अगाडी भने, “मुलुकलाई निकास नदिई लामो समयसम्म बन्धक बनाएकोले जनतामा निराशा बढेको छ । ”
आफ्नो पूरै परिवार ‘जनयुद्ध’मा होमिएको सुनाउँदै कुँवरले एकीकृत माओवादीमा आएको विभाजनपछि भने आफू तटस्थ रहेको बताए । युद्धका क्रममा कुँवरका दिदी र दाई घाइते भएका थिए । कानून विपरित काम गरेकाले आफूले कुटाइ खाएको ठहर गर्दै उनले त्यसबेला आफूलाई कुट्नेलाई पनि धन्यवाद दिए । उनले भने, “सञ्चारमाध्यममा आए जस्तो मैले कसैलाई मुद्दा हाल्ने सोचेको छैन । ”
अध्यक्ष दाहाललाई थप्पड लगाएपछि उनैले तिरिदिएको धरौटी रकम बाहेक विदेशबाट १,५४,००० रुपैयाँ सहयोग प्राप्त भएको जानकारी गराउँदै उनले उक्त रकम सामाजिक कार्यमा खर्च गर्ने पनि बताएका छन् ।
