समाचारबिहीबार, मंसिर २८, २०६९
चामलको बोराले थिचिंदा दुई अपाङ्ग बालकको मृत्यु
रुकुम खलंगास्थित पातुखोला बजारमा किराना पसल गदै आएका जयबहादुर वादीका छोराहरु १० वर्षीय मनिस वादी र ७ वर्षीय आकाश वादीको मृत्यु भएको हो । २८ मंसीर बिहान पसलमै सुतेको अवस्थामा चामलको बोराको चाङ बालकहरुमाथि अचानकै खसेपछि बोराले किचिएर बालकद्वयको मृत्यु भएको हो ।
तीन छोरा र दुई छोरी जन्मजात नै अपांग रहेका जयबहादुरको घरमा सुत्ने ठाउँ नपुग्दा दुई छोरा पसलको गोदाममा सुत्दै आएका थिए । दुबै बालकलाई गम्भीर अवस्थामा उपचारका लागि जिल्ला अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।
काठ र जस्ता पाताले निर्मित घुम्तीममा वादी परिवारले दुई वर्षदेखि किराना पसल सञ्चालन गर्दै आएका छन् । दुवै छोराका मृत्यु भएपछि आमा मञ्जु बेहोस अवस्थामा छिन् । लक्ष्मण केसी, रुकुम
