समाचारबिहीबार, मंसिर २८, २०६९
यस्तो छ मन्त्रिपरिषद्को निर्णय
पुनर्वहाली माग गर्दै द्वन्द्वपीडित शिक्षकहरुले चरणवद्ध आन्दोलन गर्दै आएका थिए ।
यसैगरी, सरकारले सुकुम्बासी समस्या समाधान आयोगको म्याद २०७० साल असार मसान्तसम्म थप गरेको छ । बैठकले खानेपानी संस्थानका महाप्रबन्धकको राजीनामा स्वीकृत गरेको छ भने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको अध्यक्षमा डाक्टर प्रभु शाहलाई नियुक्त गरेको छ । बैठकले बेलायत सरकारले दिने पा“च अर्ब १९ करोड रुपैयाँ सहयोग रकम लिन स्वीकृति प्रदान गरेको छ ।
यस्तै बंगालादेशको स्वतन्त्रता संग्राममा सहयोग गरेको भन्दै त्यहाँको सरकारले नेपाली का“ग्रेसका नेताद्वय अर्जुननरसिंह केसी र चक्रप्रसाद बा“स्तोला तथा दमननाथ ढुङ्गानालाई सम्मा गर्न लागेकोमा मन्त्रिपरिषद्ले अनुमति प्रदान गरेको छ ।
