समाचारबिहीबार, मंसिर २८, २०६९
दाहाल र भट्टराईको चार विश्व रेकर्डः गुरुङ
दाङको घोराहीमा २८ मंसिरमा नेकपा–माओवादीसम्बद्ध थारुवान राज्य समितिको अधिवेशन उद्घाटन गर्दै सचिव गुरुङले दाहाल र भट्टराईले जनहत्या, राष्ट्रघात, ‘जनमुक्ति सेना’ विघटन र भ्रष्टाचारमा विश्व रेकर्ड बनाएको बताएका हुन । उनले भने, “भट्टराई सरकारले गरेको लाख र करोड भ्रष्टाचारको हिसाबै हुन छोड्यो, अर्ब–खर्ब पुग्दा मात्रै चर्चा हुन्छ ।” गुरुङले एमाओवादीले संसदवादी शक्तिहरुलाई पनि उछिनेर पश्चगामी दिशामा लागेको दाबी गरे ।
तीन दिनसम्म चल्ने अधिवेशनमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका करिब १८ सय प्रतिनिधि र प्रर्यवेक्षकको सहभागिता रहेको आयोजकले जनाएको छ ।
देविका घर्ती मगर, दाङ
