समाचारशुक्रबार, मंसिर २९, २०६९
माथिल्लो मर्स्याङ्दी ए स्थानीयले बन्द गराए
आयोजनाले स्थानीय वासिन्दासँग सहकार्य नगरेको र ‘छरछिमेक कार्यक्रम’ नल्याएको भन्दै उनीहरुले आयोजना निर्माणको काम बन्द गराएका हुन् । आयोजना प्रभावित क्षेत्रका स्थानीय जीतबहादुर गुरुङले आफ्ना माग पूरा नभएसम्म आयोजना सञ्चालन गर्न नदिने बताए ।
तर, आयोजनाका जनसम्पर्क अधिकृत कृष्ण देवकोटाले आयोजनाले खुदीमा अस्थायी पुल तथा बाटो निर्माणगरिसकेको भन्दै आगामी दिनमा स्थानीयसँग सहकार्य गरी छरछिमेक कार्यक्रमसमेत ल्याउने बताए । “मुख्य काम भएकै छैन, आयोजनाको मुख्य काम शुरु हुनासाथ हामी स्थानीय वासिन्दासँग सहकार्य गरी अगाडि वढ्छौं,’ देवकोटाले भने ।
सिनो हाइड्रो सगरमाथा पावर कम्पनी प्रालिले निर्माण गर्न लागेको माथिल्लो मर्स्याङ्दी ए आयोजनाको निर्माणकार्य ५ महिना अघिदेखि शुरु गरिएको हो । कुल १२ अर्ब रुपैयाँको लागतमा सो आयोजना आगामी ४ वर्षभत्रमा सम्पन्न गर्ने सिनो हाइड्रोले जनाएको छ । कुल ६ दशमलव ५ किलोमिटर लामो टनेल रहने आयोजनाको वाँधस्थल भुलभले ङादी ७ मा रहनेछ भने भुलभुले २ मा पावर हाउस रहनेछ । युवराज श्रेष्ठ, लमजुङ
