समाचारशुक्रबार, मंसिर २९, २०६९

तालिम छाड्ने लडाकुलाई अवकाशको मौका दिइने

हिमालखबर

२९ मंसीरमा बसेको माओवादी सेनाको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समिति बैठकले तालिम छाडेर स्वेच्छिक अवकाशमा जान चाहने लडाकुलाई मौका दिने निर्णय गरेको हो । समायोजन रोजी भर्ना, छनोट, परीक्षा उत्तीर्ण गरेर नेपाली सेनाको तालिममा सहभागी पूर्व लडाकुहरूले बाहिरिने इच्छा व्यक्त गर्दै सचिवालयमा निवेदन दिएका थिए ।

समायोजनपछि पाउने पद, तय नभएको, स्वास्थ्य बिग्रेको र अन्य घरायसी कारण देखाउँदै स्वेच्छिक अवकाशमा जान पाउँ भन्दै निवेदन दिनेको सङ्ख्या बढेपछि समितिमा यो विषयमा छलफल शुरु भएको हो । बाहिरिन चाहने सबै पूर्व लडाकु अधिकृतभन्दा मुनिको पदमा समायोजनको प्रक्रियामा सहभागी रहेको सचिवलाय जनाएको छ । भर्ना, छनौट, उत्तीर्ण ७१ अधिकृतसमेत एकहजार चारसय ४२ लडाकुलाई मङ्सिर १० गतेदेखि सेनाले तालिममा पठाएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>