समाचारशुक्रबार, मंसिर २९, २०६९

‘राष्ट्रपति आफैले नयाँ सरकारको घोषणा गर्नु पर्छ’

हिमालखबर

एमाले काभ्रेको आठौं जिल्ला अधिवेशनलाई २९ मंसीरमा सम्बोधन गर्दै महासचिव पोखरेलले राष्ट्रपतिले समय थप्दै जाने तर, दलहरुबीच सहमति नबन्ने स्थिति भएकोले राष्ट्रपतिले नयाँ सरकारको घोषणा गर्नुपर्ने बेला आइसकेको दाबी गरे । उनले वर्तमान सरकार विस्थापन नभएसम्म सहमतिको कुनै विन्दु नभेटिने उल्लेख गर्दै समय थप्ने र असहमति कायमै रहने अवस्थाले मुलुकलाई थप जटिलता तर्फ धकेल्ने बताए ।

बाबुराम भट्टराई नेतृत्वको सरकारले राजनीतिक, संवैधानिक र नैतिक आधारहरु गुमाइसकेको भन्दै उनले सहमतिको लागि सरकारको विस्थापन नै उत्तम विकल्प भएको दोहो¥याए । पोखरेलले आफ्नो पार्टी नेपाली मौलिक परम्परालाई टिकाइ राख्ने संघीयताको पक्षमा रहेको जिकिर गर्दै जातीय राज्य कुनै पनि हालतमा स्वीकार्न नसकिने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>