समाचारशनिबार, मंसिर ३०, २०६९

प्राजातान्त्रिक शक्ति एकजुट हुनुपर्छः कोइराला

हिमालखबर

मधेशी जनअधिकार फोरम गणतान्त्रिकका नेता नन्दनकुमार दत्तसँग आफ्नै निवास महाराजगञ्जमा २९ मंसीरमा भएको भेटमा कोइरालाले एकीकृत नेकपा माओवादीका कारण मुलुकको सङ्कट अझ चुलिँदै गएकाले सबै प्रजातान्त्रिक शक्ति एकजुट हुनुपर्ने बताएका हुन् । उनले एमाओवादी इमान्दार नभएका कारण प्राप्त उपलब्धि गुम्ने खतरा रहेकाले सबै प्रजातान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्नेमा जोड दिंदै सहमतिको सरकार गठनका लागि कांग्रेसलाई सहयोग गर्न दत्तलाई आग्रह गरेको कोइरालाका प्रेस सल्लाहकार विपुल पोखरेलले जानकारी दिएका छन् ।

भेटपछि फोरम गणतान्त्रिकका नेता दत्तले सभापति कोइराला प्राप्त उपलब्धि गुम्ने चिन्तामा रहेको भन्दै मधेशका मुद्दामा कांग्रेस स्पष्ट भएमा सहमतीय सरकारको नेतृत्व गर्न सभापति कोइरालालाई सहयोग गर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>