समाचारशनिबार, मंसिर ३०, २०६९
अमेरिकामा बन्दुकधारीको आक्रमणबाट २७ को मृत्यु
गोली प्रहारबाट न्यूयोर्क सहरदेखि करिब ६५ माइल उत्तरपूर्वमा पर्ने स्याण्डी हुक स्कुलका २० बालबालिकासहित २७ जनाले ज्यान गुमाएको विदेशी सञ्चारमाध्यमहरुले बताएका छन् । मारिनेहरूमा पाँचदेखि १० वर्षसम्मका केटाकेटी रहेको अधिकारीहरूले जनाएका छन् ।
करिब २० वर्ष उमेरको एडम लान्जा नामको युवकले कक्षा कोठामा पसी गोली चलाएको थियो । अमेरिकाको इतिहासमै ठूलो समूहलाई लक्षित गरी भएको यो आक्रमणलाई निकै डरलाग्दो घटनाको रूपमा लिइएको छ । यसअघि जुलाईमा पनि कोलोराडोको आउरास्थित ब्याटम्यान फिल्म हलमा यस्तै आक्रमणबाट १२ जानाको ज्यान गएको थियो ।
