समाचारशनिबार, मंसिर ३०, २०६९
आन्दोलनबाटै नयाँ सरकार: सचिव पोखरेल
उनले चाँडो सहमति नगरे माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईको हविगत पनि पूर्वराजा ज्ञानेन्द्रको जस्तै हुने चेतावनी पनि दिए । नेकपा एमाले डडेल्धुराको ७ औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा पोखरेलले सहमतिको बाधक बनेकाले एमाओवादीको समाप्त हुने दिन आएको दाबी गरे ।
माओवादीले संविधानसभाको चुनाव पनि नचाहेको र सहमति पनि गर्न नचाहेको आरोप लगाउँदै पोखरेलले एमाओवादीले सत्ता लम्बाउनमात्रै चाहेको बताए । पछिल्लो समयसीमासम्म पनि सहमति हुन नसके एमालेले सडक आन्दोलन गर्ने र सडक आन्दोलनको फैसला मान्न एमाओवादी बाध्य हुनुपर्ने पोखरेलको भनाई थियो ।
