समाचारशनिबार, मंसिर ३०, २०६९
‘१२ वर्ष सरकार चलाउने पालो एमाओवादीको’
नेता पोखरेलले गुल्मीमा ३० मंसिरमा आयोजित अखिल नेपाल शिक्षक संगठनको जिल्ला सम्मेलनमा बोल्दै यस्तो धारणा राखेका हुन । संविधानसभा निर्वाचनपछि एमाओवादी र एमालेले दुई/दुई पटक सरकारको नेतृत्व गरे पनि कांग्रेसलाई सरकारको नेतृत्व दिन नहुने उनको भनाई थियो । पोखरेलले भने, “पालोकै कुरा गर्ने हो भने एमाओवादीले १२ वर्ष नेतृत्व गरेपछि मात्रै कांग्रेस र एमालेलाई दिन सकिन्छ ।”
कार्यक्रममा पोखरेलले नयाँ संविधानको सुनिश्चितताका लागि मात्रै आफ्नो पार्टीले सरकार नछाडेको दाबी गरे । उनले सहमति बन्न नसके अहिलेकै सरकारले संविधानसभा चुनाव गराउने बताए ।
गगनशिला खड्का, गुल्मी
