समाचारसोमबार, पौष २, २०६९
नवलपरासीमा दुईको मृत्यु ४० घाइते
नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको ना३ख ५२२७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको लु१ख ४९७४ नम्बरको बस एकापसमा ठक्कर खाँदा लु१ख ४९७४ नम्बरको बसका सहचालक सिद्धार्थनगर–९ भैरहवाका उजेल भुसाल र नवलपरासी रजहर – १ की बसन्ती महतोको ज्यान गएको इलाका प्रहरी कार्यलय कावासोतीले जनाएको छ ।
बाक्लो कुहिरो लागेका बेला प्रतिस्पर्धा गर्दै दौडेका बसमध्ये लु१ख ४९७४ नम्बरको बसले सडकमा गुडिरहेको अर्को ट्रकलाई ‘ओभरटेक’ गर्न खोज्दा सो दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा परेका करिब ४० घाइतेमध्ये १४ जना गम्भीर अवस्थामा छन् । घाइतेहरुको मध्यविन्दु अस्पताल डन्डा र कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ । विद्रोही गिरी, नवलपरासी

