समाचारसोमबार, पौष २, २०६९

प्रम भट्टराईको जिद्दिले सहमति भएनः कांग्रेस

हिमालखबर

पार्टी सभापति सुशील कोइराला निवास महाराजगञ्जमा बसेको बैठकमा महामन्त्री कृष्णप्रसाद सिटौलाले दलहरुबीच भएका छलफलमा प्रधानमन्त्री बाबुराम भट्टराईले सत्ता छोड्न नचाहेको जानकारी गराएका थिए ।

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस नेतृत्व स्वीकार्न तयार जस्तो देखिए पनि उपाध्यक्ष एवम् प्रधानमन्त्री भट्टराईले पहिले आफ्नै नेतृत्वको सरकारलाई सहमतिको स्वरुप दिई संवैधानिक निकायमा नियुक्ति, संविधानमा संशोधनजस्ता विषयहरु टुंगो लगाउनु पर्ने अडान राखेकाले सहमति बन्न नसकेको निष्कर्ष निकालिएको कांग्रेस नेता रामशरण महतले बताए ।

दलहरुबीच सहमति नबन्नुको सन्दर्भमा राखिएको जिज्ञासामा नेकपा एमाले सचिव शंकर पोखरलले एमाओवादीले कांग्रेसको नेतृत्व स्वीकार्न नचाहेको भन्दै सत्ता लम्बाउनका लागि अनेकौं बहाना बनाइरहेको हिमालखबरलाई प्रतिक्रिया दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>