समाचारसोमबार, पौष २, २०६९
केशरजंग रायमाझी रहेनन्
छातिमा समस्या देखिएपछि अस्पताल भर्ना भएका रायमाझी केही दिनअघिमात्रै अस्पातलबाट डिस्चार्ज भएका थिए । ९३ वर्षीय रायमाझीको आफ्नै निवासमा हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
पाल्पामा जन्मेका रायमाझी २०१५ सालमा नेपाल कम्युनिष्ट पार्टीको महासचिव बनेका थिए । २०१७ सालमा तत्कालिन राजा महेन्द्र्रको कदमलाई समर्थन गरेसँगै उनी पञ्चायतमा प्रवेश गरेका थिए ।
पछिल्लो समयमा उनी राजसभा स्थायी समितिका सभापति भएका थिए ।
