समाचारसोमबार, पौष २, २०६९

‘केही समय’ अझै सरकारमा रहने भट्टराईको इच्छा

हिमालखबर

प्रधानमन्त्रीको प्रस्ताव भन्दै प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदिप पाण्डेले बताए अनुसार शान्ति प्रक्रियाको टुंगो लगाउने, आयोगहरुको गठन गर्ने, निर्वाचनसम्बन्धी कानून निर्माण गर्न संविधानमा संशोधनका लागि दलहरुबीच सहमति गर्ने, बैशाखमै निर्वाचन गर्ने गरी मिति घोषणा गर्नेलगायतका सबै काम गरेपछि केही समय वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार बनाउने र त्यसपछि मात्रै नेपाली कांग्रेसलाई नेतृत्व दिने प्रस्ताव छ ।

पार्टीको समेत प्रस्ताव भन्दै  २ पुस साँझ सचिव पाण्डेले सञ्चारकर्मीहरुलाई पठाएको मोबाइल सन्देश (एसएमएस) मा माथिको प्रस्तावमा सहमति नभए मधेशी मोर्चा वा साना दलका नेताको नेतृत्वमा सरकार बनाउने प्रस्ताव प्रधानमन्त्री बाबुराम भट्टराईले गरेका छन् ।

वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार बनाएको केही समयपछि कांग्रेसलाई नेतृत्व दिने भनिए पनि सन्देशमा केही समय भनेको कति हो खुलाइएको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>