समाचारमंगलबार, पौष ३, २०६९
मृतक र वेपत्ता भनिएका ३९ सय जीवित
द्वन्द्व प्रभावित व्यक्तिहरूको लगत संकलन कार्यदलले तयार पारेको प्रतिवेदनमा उल्लेखित मृतक र वेपत्ता भनिएका ३९ सय व्यक्ति जीवित रहेको ठहर गर्दै सच्याउन निर्देशन दिएको मन्त्रालयका उपसचिव प्रेमप्रसाद संजेलले जानकारी दिए । मन्त्रालयले तथ्य पत्ता लगाउन आठ जिल्लामा निरीक्षण गरेको थियो ।
निरीक्षणको क्रममा प्रतिवेदनमा अधिकांश व्यक्तिको नाम दोहोरो, तेहेरो परेको तथा जिउँदा मानिसको नाम पनि मृतक भनि समावेश गरिएको संजेलले बताए । समयमा सूचना नपाउँदा वास्तविक मृतक र वेपत्ता परिवारका सदस्यले भने राहत पाउन नसकेको मन्त्रालयको निश्कर्ष छ । मृतक र वेपत्ता परिवारका सदस्यलाई सरकारले रु. एक लाख राहत वितरण गरेको छ ।
मीना शर्मा
