समाचारबुधबार, पौष ४, २०६९
पाँच एसएसपीको डिआईजीमा बढुवा
डिआईजीमा बढुवा भएकाहरुमध्ये श्यामबहादुर खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्, नवराज सिलवाललाई प्रहरी तालिम केन्द्र, प्रकाश अर्याललाई अपराध नियन्त्रण ब्यूरो, जयबहादुर चन्दलाई सुरक्षा सेवा निर्देशनालय र बमबहादुर भण्डारीलाई सशस्त्र प्रहरी निर्देशनालयमा पदस्थापन गरिएको छ ।
२०४३ सालमा सेवा प्रवेश गरेका ७ जना एसएसपीमध्ये खड्काको मात्रै बढुवा भएको छ । बांकी सबै २०४४ सालको ब्याजका हुन् ।
त्यसैगरी बैठकले कानुन सेवाका सहसचिव राजुमानसिंह मल्ललाई सचिवमा बढुवा गरी प्रधानमन्त्री कार्यालयमा पदस्थापन गरेको सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए । यादवका अनुसार सरकारले साल्ट ट्रेडिङ लिमिटेडलाई ८५ हजार मेट्रिक टन रासायनिक मल खरिद गर्न भन्सार छुट दिने निर्णय पनि गरेको छ ।
