समाचारबिहीबार, पौष ५, २०६९

नागरिक दैनिकको कार्यालयमा आक्रमण

हिमालखबर

५ पुस दिउँसो आएको आक्रमणकारीहरुको जत्थाले नागरिक दैनिकका सम्पादक किशोर नेपाल सहित पत्रकारहरु सुदर्शन सापकोटा, राजेन्द्र ज्ञवाली, स्वरुप आचार्य, विज्ञान अधिकारी र विश्वमणी पोखरेलमाथि हातपात गर्नुका साथै कार्यालयमा तोडफोड गरेको छ।

‘जे पायो त्यही समाचार छाप्ने’ भन्दै आफूमाथि हातपात भएको र रोक्न खोज्ने अन्य पत्रकारहरुमाथि पनि कुटपिट भएको सम्पादक किशोर नेपालले हिमालखबरलाई जानकारी दिए । “राजनीतिक तरल अवस्था र सरकारले दण्डहिनतालाई बढावा दिइरहेकाबेला यस्ता आक्रमण भइरहन्छन,” सम्पादक नेपालले प्रतिक्रिया दिए । उनले अगाडि भने, “दिनदहाडै राजधानीको केन्द्रमा रहेको मिडियाको कार्यालयमाथि उच्छृंखल समूहले आक्रमण गर्नु सरकारको लाचारी र दण्डहिनताले प्रश्रय पाउनाले हो ।”

प्रहरीले आक्रमणकारीमध्ये केहीलाई नियन्त्रणमा लिएको छ ।

नेपाल पत्रकार महासंघ हिमाल मिडिया शाखाले उक्त घटनाको भत्र्सना गर्दै दोषिमाथि कारवाहीको माग गरेको छ । समाचारमा चित्त नबुझे कानूनी उपचारको बाटो हुँदाहुँदै सञ्चारकर्मी र कार्यालयमाथि आक्रमणमा उत्रनु घोर निन्दनीय कार्य भएको शाखाले जनाएको छ ।
त्यस्तै उक्त आक्रमण सम्पूर्ण प्रेस जगतमाथिको आक्रमण भएको हिमाल शाखाले ठहर गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>