समाचारबिहीबार, पौष ५, २०६९

विवाद बढेपछि एमाओवादीले बैठक बोलायो

हिमालखबर

राष्ट्रिय सहमतिको सरकार गठनबारे पार्टीका नेताहरुबाट फरक फरक धारणा आएको भन्दै एमाओवादीले विस्तारित बैठक बोलाएको हो । पछिल्लो समयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र पार्टी उपाध्यक्ष एवम् प्रधानमन्त्री बाबुराम भट्टराईबीच विवाद बढेको भन्ने चर्चा भइरहेका बेला पार्टीको एउटै धारणा बनाउन बैठक बोलाइएको एमाओवादीले जनाएको छ ।

एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले दिएको जानकारी अनुसार ६ पुस विहानका लागि तय गरिएको बैठकमा पार्टीका विघटित स्थायी समितिका सदस्यहरु, पोलिटव्यूरो सदस्यहरु तथा राज्य समितिका संयोजकहरु र केन्द्रीय महाधिवेशन आयोजक समितिका राजधानीमा उपलब्ध सदस्यहरुलाई बोलाइएको छ ।

बैठकमा राष्ट्रिय सहमतिको सरकार गठन, त्यसका लागि पार्टीले अवलम्बन गर्नुपर्ने नीति लगायतका विषयमा छलफल गरिने सापकोटाले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>