समाचारशुक्रबार, पौष ६, २०६९

एकीकृत माओवादी विवाद मिलाउँदै

हिमालखबर

६ पुस बिहान बोलाइएको विस्तारित बैठकमा सरकार गठनका विषयमा अध्यक्ष दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईबीचको विवाद र तीन दलबीच भइरहेको छलफललगयातका विषयमा छलफल हुँदैछ ।

अध्यक्ष दाहालले कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन सकिने विषयमा लचकता देखाएपछि प्रधानमन्त्री बाबुराम भट्टराईले असन्तुष्टि जनाएका छन् । सरकार गठनका विषयमा अध्यक्ष र प्रधानमन्त्रीबीच देखिएको मेतभेदका विषयमा नै आजको बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।
हाटेल रोयल सिंगे कमलपोखरीमा बस्ने बैठकमा पूर्व पदाधिकारी, स्थायी समिति सदस्य र राज्यसमितिका संयोजकहरुको सहभागिता रहने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । “मुलतः बैठक राजनीतिक निकास र सरकार गठनका विषयमा केन्द्रित रहने छ,” प्रवक्ता सापकोटाले भने ।

दाहालले कांग्रेस र एमालेसँग सहमति गरे पनि आफूले राजीनामा नदिने प्रधानमन्त्री भट्टराईले अडान राख्दै आएका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले अध्यक्षले पार्टीको निर्णय विपरित सहमति गर्न खोजेकाले प्रधानमन्त्रीले आपत्ति जनाएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>