समाचारशुक्रबार, पौष ६, २०६९

ट्रक त्रिशुली नदीमा बेपत्ता

हिमालखबर

काठमाडौंबाट सर्लाही जाँदै गरेको ना ३ ख ९५८६ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको ट्रक ५ पुस राति एक बजेतिर धादिङको जोगिमारास्थित ज्यामिरेमा ठक्कर खाँदा ट्रक त्रिशुलीमा खसेको हो ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार बेपत्ता ट्रकको खोजीका लागि सशस्त्र प्रहरी टोली रातिदेखि नै सक्रिय छ । ट्रकमा कति जना थिए भन्ने एकिन नभएको प्रहरीले जनाएको छ । ठक्करबाट बसका ८ यात्रु घाइते भएका छन् । घाइतेहरुको मलेखुस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>