समाचारशुक्रबार, पौष ६, २०६९

एमाओवादीमा विवाद कायमै, बैठक स्थगित

हिमालखबर

बैठकको शुरुमा धारणा राख्दै अध्यक्ष दाहालले सत्तामा टाँसिनु मात्र उचित नहुने बताएका थिए । उनको भनाई उपाध्यक्ष एवम् प्रधानमन्त्री बाबुराम भट्टराईप्रति लक्षित थियो । राष्ट्रि सहमतिको सरकार गठनमा ढिलाई गर्दा आगामी बैशाखमा चुनाव हुन नसक्ने भन्दै दाहालले नयाँ सरकार गठनमा पार्टीले लचकता अपनाउनु पर्ने धारणा राखेका थिए । त्यस्तै उपाध्यक्ष भट्टराईले बैशाखमा चुनावको सुनिश्चित्ता नभएसम्म सरकार छाड्न नहुने धारणा राखेका छन् ।

प्रधानमन्त्रीका सल्लाहकार देवेन्द्र पौडेलले अध्यक्ष दाहालले पार्टीको नीति विपरित सहमति गर्न खोजेकोले प्रधानमन्त्रीले आपत्ति जनाएको बताएका छन् ।

६ पुसमा राजधानीको कमलादीस्थित एक होटलमा बसेको बैठकले सहमतिको सरकार गठनका विषयमा आधिकारिक धारणा बनाउन नसेकपछि भोलीसम्मका लागि स्थगित गरिएको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले प्रधानमन्त्रको कार्यव्यस्तताका कारण बैठक स्थगित गर्नुपरेको बताएका छन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउ सकिने बताएपछि प्रधानमन्त्री बाबुराम भट्टराई असन्तुष्ट छन् । आपूm नेतृत्वको सरकारलाई नै सहमतिको स्वरुप दिनुपर्ने भट्टराईको जिकिर रहँदै आएको छ ।

बैठकमा विघटित स्थायी समिति सदस्यहरु, राज्य समितिका संयोजकहरु, महाधिवेशन तयारी समितिका पदाधिकारीहरको सहभागिता रहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>