समाचारशनिबार, पौष ७, २०६९

‘प्रमको नक्कली आँसु पदमा बस्ने बाहना’

हिमालखबर

प्रधानमन्त्री बाबुराम भट्टराईले बैशाखमा निर्वाचन हुने विषय आफ्नो प्रतिष्ठासँग जोडिएको र आफू सहमतिका लागि प्रयासरत रहेको भन्ने अभिव्यक्ति दिइरहेका बेला नेता नेपालको यस्तो टिप्पणी आएको हो । अहिले नेपाली कांग्रेसको नेतृत्वमा सरकारमा जाने विषयमा अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष भट्टराईबीच विवाद छ ।

प्रेस चौतारी गोरखाले ६ पुसमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले मधेशी मोर्चा र प्रधानमन्त्रीबीचको गठबन्धन भ्रष्टाचारका लागि मात्र भएको आरोप लगाए । उनले भने, “यो सरकार मुलुकका लागि असफल भइसकेको छ, एमाओवादी पार्टीले प्रधानमन्त्रीलाई तुरुन्त फिर्ता बोलाएर सहमतिको राजनीतिमा सहयोग गर्नु पर्दछ ।”

यही सरकारमा सहभागी भएर मुलुकलाई अग्रदिशातर्फ लैजाँदा के हुन्छ भन्ने पत्रकारहरुको प्रश्नमा नेता नेपालले भने, “भ्रष्टाचारले लिप्त वर्तमान सरकारमा सहभागी हुन अन्य दलहरुलाई सुहाउँदैन ।”  संविधानसभाको निर्वाचन गर्छु भनी प्रधानमन्त्रीले बताइरहेको कुरा बहानाबाजी मात्र हो भन्दै नेता नेपालले वर्तमान प्रधानमन्त्रीले आगामी वैशाखमा संविधानसभाको निर्वाचन गर्नै नसक्ने ठोकुवा गरे ।

राष्ट्रपतिले दिएको समयसीमा आजबाट सकिएपछि नयाँ समस्या उत्पन्न हुने र त्यसको सबै दोष एमाओवादी पार्टीलाई जाने उनको दाबी थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>