समाचारशुक्रबार, पौष १३, २०६९
अब आन्दोलनमै जानु पर्छः खनाल
१३ पुसमा विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष खनालले राष्ट्रपति भारतबाट फर्किएलगत्तै एकपटक सहमतिको प्रयास थालिने र त्यो सम्भव नभए आन्दोलन शुरु गरिने बताए । उनले भने, “एमाओवादी र मधेशी मोर्चा दुवै सत्ता लम्बाउनका लागि आगामी बैशाखमा निर्वाचन चाहँदैनन् ।”
उनले नेपाली जनतामाथि तानाशाही लाद्न एमाओवादी उद्दत रहेको आरोप लगाउँदै तर, त्यो सम्भव नहुने बताएका थिए ।
