समाचारआइतबार, पौष १५, २०६९

राष्ट्रपतिद्वारा सातौं पटक म्याद थप

हिमालखबर

१५ पुस विहान शीतलनिवास पुगेका प्रमुद दलका शीर्ष नेताहरुले अन्तिम पटकका लागि पाँच दिन म्याद थप गर्न आग्रह गरे अनुसार राष्ट्रपतिले २० पुससम्मका लागि म्याद थप गरेका हुन् ।

यसअघि ६ पटक गरी ३५ दिनसम्मको समय दिंदा पनि सहमति नगरेका दलहरुले आज विहान भएको भेटमा आफूहरु सहमतिको नजिक पुगेको भन्दै पाँच दिन म्याद थप्न आग्रह गरेका थिए । दलहरुले सहमति नगर्दा लोकतन्त्र मासिन लागेको भन्दै राष्ट्रपतिले नेताहरुसँग असन्तुष्टि व्यक्त गरेका थिए ।

९ पुसमा भारत भ्रमणमा जानुअघि विघटित संविधान सभाका सबै दलहरुसँग छलफल गरी म्याद थप गरेका राष्ट्रपतिले यसपटक भने प्रमुख तीन दलशीर्ष नेता र मधेशी मोर्चाका संयोजकसँगको छलफलपछि म्याद थपेका हुन् ।

राष्ट्रपति कार्यालयबाट प्रकाशित विज्ञप्तिः

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>