समाचारआइतबार, पौष १५, २०६९
सत्ताधारीहरु सहमति चाहँदैननः खनाल
१५ पुसमा पार्टी मूख्यालय बल्खुमा पार्टीको भेरी अञ्चल सम्पर्क कमिटीको दोस्रो अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष खनालले सत्तारुढ एकीकृत माओवादी र मधेशी मोर्चा निरंकुश शासन तर्फ अग्रसर भएकाले सहमतिको संभावना क्षीण हुदै गएको बताए ।
“सत्तारुढ गठबन्धनको एकलौटी, एकाधिकारवादी र सर्वसत्तावादी सोचका कारण देशले निकास पाउन सकेको छैन,” खनालले भने, “ सरकार जंगबहादुर पथमा हिंडीरहेको छ ।” उनले सत्ताधारी दलहरुले निर्वाचन नै नचाहेकाले स्वेच्छाचारी प्रवृत्ति देखाइरहेको टिप्पणी गरे ।
उनले सत्तारुढ दलहरु सहमतिमा नआए आन्दोलनबाटै सरकार फालिने पनि चेतावनी दिएका थिए ।
