समाचारआइतबार, पौष १५, २०६९
‘संविधानसभा पुनःस्थापना कतै भएको छैन’
जिल्ला अदालत काभ्रे बार इकाईको वार्षिक साधारण सभाको उद्घाटन गर्दै खड्काले सर्वोच्चका आदेशहरु एकपछि अर्को गरी लत्याउनु न्यायालयमाथिको आक्रमण भएको बताए । “संसदको पुनःस्थापना भए पनि विश्वमा कतै पनि संविधान सभाको पुनःस्थापना भएको इतिहास छैन, त्यो हुनै नसक्ने कुरा हो” खड्काले भने, “सर्वोच्चको आदेशमा पनि विकल्पको व्यवस्था गर्न भनिएको छ, पुनःस्थापना होइन ।”
जनता नै सार्वभौम भएकाले निर्वाचनमा जान कुनै पनि संविधान र कानूनले नछेक्ने तर्क गर्दै खड्काले मुलुकको संकटको निकास निर्वाचन नै रहेकोमा जोड दिएका थिए ।
