समाचारसोमबार, पौष १६, २०६९
महिला हिंसाविरुद्ध आज पनि धर्ना
अध्यागमनका कर्मचारीद्वारा लुटिएकी भोजपुरकी महिला, काठमाडौ अनामनगरकी सरस्वती सुवेदीको रहस्यमय हत्या, बारा र बर्दियाको घटना सेलाउन नपाउँदै फेरि सर्लाहीकी ममतादेवीको हत्या भएको खबर आएपछि अधिकारकर्मीहरुले पीडकलाई कारबाही गर्ने ठोस नीति नआएसम्म प्रदर्शन गर्ने बताएका छन् ।
पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकार असफल हुँदा महिलामाथि हिंसा बढ्दै गएको भन्दै अधिकारकर्मी, पीडित पक्ष लगायतले प्रधानमन्त्री निवास बालुवाटारमा २ घण्टा धर्ना दिँदैछन् । उनीहरुले ४ दिन यता बालुवाटारमा धर्ना दिँदै आएका छन् । धर्नाकारीहरुले सुरक्षा दिन नसकेको भन्दै गृहमन्त्रीको राजीनामाको माग गर्दै आएका छन् ।
