समाचारसोमबार, पौष १६, २०६९

राष्ट्रपतिले अग्रगामी कदम उठाउनुपर्छः यादव

हिमालखबर

मधेशी पत्रकार समाज धनुषाद्वारा १६ पुसमा जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता यादवले राष्ट्रपतिले अग्रगामी कदम नउठाएमा सरकार तानाशाही भई लोकतन्त्रका आधारलाई ध्वस्त पार्ने ठोकुवा गरे । उनले राष्ट्रपतिले सहमतिका लागि दिएको पटकपटकको म्याद परिणाममुखी हुन नसकेका भन्दै थपे, “संस्थाको गरिमालाई बचाउन एवम् राजनीतिक गतिरोध अन्त्य गर्न राष्ट्रपतिले अग्रगामी कदम उठाउनुपर्छ ।”

यादवले राष्ट्रपति निरिह बन्न नहुने भन्दै मुलुकलाई बन्धकको अवस्थाबाट मुक्त गराउन वर्तमान सरकारलाई बर्खास्त गरेर तटस्थ व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्नु पर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>