समाचारसोमबार, पौष १६, २०६९

‘लोकतन्त्र खोस्नेहरु समाप्त हुने’

हिमालखबर

१६ पुसमा राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा सुन्दरीजलमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले ०७ सालमा राणाले, १७ सालमा राजा महेन्द्रले र त्यसपछि राजा ज्ञानेन्द्रले लोकतन्त्र खोसेको स्मरण गर्दै चेतावनी दिए, “उनीहरुको अवस्था के भयो ? अब माओवादीको अवस्था के हुन्छ ? बलैमा सोचे हुन्छ ।” उनले आफूलाई प्रधानमन्त्री बाबुराम भट्टराई जस्तो कुर्सीको लोभ नभएको भन्दै थपे,“माओवादीले छक्याएँ भन्ठानेको होला यो उसका लागि नै घातक हो ।”

एमाओवादीले प्रत्येक बैठकमा बोली फेर्ने गरेकाले अब कुनै विश्वास बाँकी नरहेको भन्दै कोइरालाले इतिहासबाट पाठ सिक्न एमाओवादीलाई आग्रह गरे । राष्ट्रिय मेलमिलापको नीतिबमोजिम नै नेता गिरिजाप्रसाद कोइरालाले राष्ट्रियताको सुदृढीकरणका लागि १२ बुँदे समझदारीमार्फत माओवादी विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याएको स्मरण गराउँदै कोइरालाले त्यसै अनुरुप अगाडि बढ्न सुझाव दिए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य केवी गुरुङले सुगौली सन्धिपछि अहिले मुलुक सबैभन्दा संवेदनशील अवस्थाबाट अघि बढिरहेकाले राष्ट्रियताको रक्षार्थ कांग्रेसले विचार दिने समय आएको बताए ।

राप्रपाका अध्यक्ष पशुपति शम्शेर राणाले नेपालको राष्ट्रियता संवेदनशील अवस्थामा रहेकाले विपीको विचारबमोजिमको राष्ट्रिय मेलमिलापबाहेक अर्को विकल्प नभएको बताएका थिए ।

कार्यक्रममा २०१७ साल पुस १ गतेको शाही ‘कु’ पछि प्रजातन्त्र प्राप्तिका लागि सङ्घर्ष गर्दागर्दै समातिएर निर्ममतापूर्वक मारिएका दुर्गानन्द झा, क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठका धर्मपत्नीहरू क्रमशः काशीदेवी झा, खड्गकुमारी थापा र लक्ष्मीदेवी श्रेष्ठलाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>