समाचारमंगलबार, पौष १७, २०६९

‘देश जे सुकै होस, बाबुरामलाई मतलब छैन’

हिमालखबर

१६ पुसमा राजधानीमा आयोजित कार्यक्रममा नेता नेपालले प्रधानमन्त्री भट्टराई कुर्सी मोह र सत्ता लिप्सामा केन्द्रित रहेको आरोप लगाए । “देश डुबोस् जनताले दुःख पाउन् प्रधानमन्त्रीलाई केही मतलब छैन, उहाँको सबै ध्यान प्रधानमन्त्रीको कुर्सीमा छ,” उनले भने, “अहिलेको सबै समस्याको जड बाबुराम भट्टराई नै हो ।”

सत्तामा बसेकाहरुमा नैतिकताको खडेरी देखिएको र त्यसले सामाजिक समस्यालाई समेत बल्झाउने काम गरेको नेता नेपालले बताए । प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नासाथ सहमतिको बाटो फराकिलो हुने तर्क गर्दै उनले भट्टराईको सत्ताबाट बहिर्गमनलेमात्रै अवरुद्ध सहमतिको बाटो खुल्ने दाबी गरे । वैशाखमा चुनाव भएन भने देश ठूलो समस्यामा फस्ने भन्दै नेता नेपालले मुलुकवासीले अहिलेदेखिनै गलत प्रवृत्ति बोकेकालाई रोक्न अग्रसरता लिनुपर्नेमा जोडदिए । मुलुकमा छाडातन्त्र मौलाउँदै गएको र राज्य संयन्त्र निरीह बनिरहेको नेता नेपालको टिप्पणी थियो ।

सञ्चार फाउन्डेसनले आयोजना गरेको उक्त कार्यक्रममा नेता नेपालले विभिन्न समयमा वातावरण प्रकोप र जलवायु परिवर्तनका विषयमा स्वदेशी तथा विदेशी मञ्चहरुमा दिएका मन्तव्यहरुको सङ्गालोका रुपमा प्रकाशित ‘इन्भारोन्मेन्ट, डिजास्टर एन्ड क्लाइमेट चेन्ज’ नामक पुस्तकको लोकार्पण गरिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>