समाचारमंगलबार, पौष १७, २०६९

बाख्रा चराउन गएकी युवती बलात्कृत

हिमालखबर

वडा प्रहरी कार्यालय लहानका अनुसार १६ पुस दिउँसो घरबाट बाख्रा चराउन गएकी ती युवतीलाई गाउँकै दुई युवकले बलात्कार गरेका हुन् । प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाले बलात्कारी फरार भएकाले मातहतको इलाका प्रहरी कार्यालय धनगढीलाई समेत परिचालन गरी खोजी भइरहेको जानकारी दिए ।

बलात्कृत युवतीलाई अभिभावकको जाहेरी दर्तापछि राति १० बजेतिर वडा प्रहरी कार्यालय लहान झिकाएर १७ पुस बिहान स्वास्थ्य परीक्षणका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल लगिएको प्रहरी निरीक्षक खतिवडाले बताए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>