समाचारबुधबार, पौष १८, २०६९

राष्ट्रपति र भारतीय राजदूत भेट

हिमालखबर

राष्ट्रपति डा. यादवलाई भेट्न १८ पुस बिहान शीतलनिवास पुगेका राजदूत जयन्त प्रसादले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गरेका छन् । भेटमा राजदूत प्रसादले दलहरुलाई पटक पटक दिएको समयमा पनि सहमति नभएकाले अबको राजनीतिक निकासका बारेमा जिज्ञासा राखेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । जवाफमा राष्ट्रपति डा यादवले आफू संविधानको संरक्षक भएपनि दलहरुको सहमति बिना आफू अघि बढ्न नसक्ने स्पष्ट पारेका थिए ।

राष्ट्रपतिको भारत भ्रमणपछि भारतीय राजदुतले गरेको यो पहिलो भेटघाट हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>